ई-गुनासो (E-Gunaso) प्रणाली सञ्चालनमा ल्याइएको सम्बन्धी सूचना।
ई-गुनासो (E-Gunaso) प्रणाली सञ्चालनमा ल्याइएको सम्बन्धी सूचना।
मिति: २०८३/०२/२२
विषय: ई-गुनासो (E-Gunaso) प्रणाली सञ्चालनमा ल्याइएको सम्बन्धी सूचना।
आदरणीय सेवाग्राही महानुभावहरु,
यस बकुलहर रत्ननगर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ यस अस्पतालमा नविनतम प्रविधिको प्रयोग गर्दै "ई-गुनासो “(E-Gunaso” अर्थात् विद्युतीय गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं।