Surgery, Dermatology र Psychiatry विभागमा EMR सेवा सञ्चालन सम्बन्धमा |
Surgery, Dermatology र Psychiatry विभागमा EMR सेवा सञ्चालन सम्बन्धमा |
मिति २०८३/०७/१३
यस अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउन Electronic Medical Record (EMR) प्रणाली चरणबद्ध रूपमा विस्तार गरिँदै आएको छ । सोही क्रममा देहायका विभागहरूमा EMR सेवा सञ्चालनमा आएको व्यहोरा सम्पूर्ण सेवाग्राहीहरूको जानकारीका लागि सूचित गरिन्छ:
१. Surgery विभाग: मिति २०८३/०६/१६ देखि
२. Dermatology विभाग: मिति २०८३/०६/३० देखि
३. Psychiatry विभाग: मिति २०८३/०७/१३ देखि
अब यी विभागहरूमा बिरामी जाँच, प्रेस्क्रिप्सन, ल्याब तथा रेडियोलोजी जाँच र रिफरल सम्बन्धी विवरणहरू डिजिटल रूपमा सुरक्षित राखिनेछन् । यसले बिरामीको उपचार विवरण सजिलै उपलब्ध हुने, पुनः जाँचमा सहज हुने तथा सेवा थप प्रभावकारी हुनेछ । अतः सेवाग्राहीहरूलाई अस्पताल आउँदा आफ्नो दर्ता नम्बर / अस्पताल कार्ड अनिवार्य रूपमा साथमा ल्याउन तथा नयाँ प्रणाली सञ्चालनको सुरुवाती चरणमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।
अस्पताल प्रशासन
बकुलहर रत्ननगर अस्पताल